सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ पुष २०७३
  • 11.8K
    Shares

काठमाडौं,१३ पुस ।

तीन दिन स्थिर रहेको सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो दिन आइतबार तोलाको दुई सय रुपैयाँले बढेर ५२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउमा मंगलबारसम्म कुनै घटबढ भएन ।

तीन दिनदेखि नै स्थिर रहेको चाँदीको भाउ पनि बुधबार तोलामा १० रुपैयाँ बढेर ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया