कोरोनाबारे गलत हल्ला फैलाउने अमेरिकी नौसेनाका कमान्डर बर्खास्त

कोरोनाबारे गलत हल्ला फैलाउने अमेरिकी नौसेनाका कमान्डर बर्खास्त


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ चैत्र २०७६
  • 2.4K
    Shares

क्याप्टेन ब्रोट क्रेजियर

कोरोनाबारे गलत हल्ला फैलाएको आरोपमा अमेरिकी नौसेनाका कमान्डर क्याप्टेन ब्रोट क्रेजियरलाई बरखास्त गरिएको छ ।

यूएसएस थियोडोर रुजबेल्ट जहाजको नेतृत्व गरेका क्याप्टेन ब्रोट क्रेजियरले कोरोनाबारे भ्रम फैलाएसँगै उनलाई बर्खास्त गरिएको हो । झण्डै ५ हजार कर्मचारीकाे नेतृत्व गरेका क्रेजियरको जिम्मेवारी बिहीबारबाट खोसिएको एनबीसी न्युजले जनाएको छ । जहाजको नेतृत्व खोसिए पनि उनी सेवाबाट भने हट्ने छैनन् । उनको ओहोदा पनि यथावत् रहने बताइएको छ ।

क्रेजियरले गत साता नौसेनाको नेतृत्वलाई पत्र लेख्दै १ सय जनामा कोरोना संक्रमण देखिएको दाबी गरेका थिए । कडा शब्दमा लेखिएकाे पत्रमा जहाजमा कोरोना भाइरस फैलन लागेकाले रक्षा गर्न माग गरिएकाे थियाे । जुन पत्र सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो । लगत्तै नाभी नेतृत्वले उनको जिम्मेवारी खोसेको हाे । नाभीका सेक्रेटरी थोमस मोड्लीले उनको निष्कर्षलाई निचको संज्ञा दिएका छन् ।

प्रतिक्रिया