इन्धन लिन भारत गएका नेपाली ट्यांकर चालकमाथि गोली प्रहार

इन्धन लिन भारत गएका नेपाली ट्यांकर चालकमाथि गोली प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ पुष २०७३
  • 7.2K
    Shares

काठमाडाैं, १२ पुस ।

आज बिहान भारतको बरोनीबाट पोखराका लागि इन्धन बोकी आइरहेको ना ५ ख ८८४५ नम्बरको ट्यांकर चालकलाई भारतको रक्सौलमा अज्ञात दुई जनाले गोली प्रहार गरी भारु चार हजार पाँच सय लुटेर लगेका छन् ।

सीमावर्ती भारतको रक्सौल बजारबाट तीन किलोमिटर अगाडि अज्ञात समूहले सुरुमा ट्यांकर चालक अमलेखगन्ज-४ बस्ने तुलाराम उपाध्यायलाई कटुवा पेस्तोलले टाउकामा हान्दा प्रतिकार गरेपछि चालकलाई बायाँ खुट्टामा गोली प्रहार गरी घाइते पारेर सो रकम लुटिलगेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले जानकारी दिए ।

चालकको अवस्था सामान्य छ । चालकले भारतीय प्रहरी तथा नेपाल प्रहरीलाई नभई अमलेखगन्ज प्रहरीलाई जानकारी दिएको जनाइएको छ ।

प्रतिक्रिया