काठमाडौँ, ११ पुस ।
व्यवस्थापिका संसदको बैठक आज शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ ।
नेपाः राष्ट्रिय पार्टीका पूर्वसांसद बुद्धरत्न मानन्धरको निधन भएकाले शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित हुने छ ।
संसद बैठक दिउँसो एक बजे बस्ने छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रावधान छ ।
संसदको कार्यसूचीमा संविधान संशोधन विधेयकमा छलफलको प्रस्ताव परे पनि प्रतिपक्षी दलहरुको अवरोधले बैठकमा प्रवेश पाएको छैन ।
संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै नेकपा एमाले, नेमकिपा, जनमोर्चा, नेकपा माले लगायतका दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।