तीब्र गतिमा दौडिने चितुवा लोप हुने अवस्थामा

तीब्र गतिमा दौडिने चितुवा लोप हुने अवस्थामा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ पुष २०७३
  • 8.2K
    Shares

 एजेन्सी, १२ पुस ।

विश्वमा चितुवा लोप हुने अवस्थामा पुगेको एक अध्ययनले देखाएको छ । चितुवाको संख्या तीब्र गतिमा घट्दै गएको र तीब्र गतिको जनावरको रुपमा परिचित चितुवा लोप हुने खतरा बढेको अनुसन्धानकर्ताले बताएका छन् ।

विश्वमा अहिले सात हजार एक सयको हाराहारीमा मात्रै चितुवा रहेको प्रतिवेदनले देखाएको छ । चिडियाखाना तथा मानव व्यवस्थापनमा रहेका प्राकृतिक गार्डेनमा थप केही चितुवा छन् । बासस्थान तथा आहाराको अभाव, संरक्षित क्षेत्र घट्दै जानु तथा मानव समुदायसँगको द्वन्द्वका कारण चितुवाको संख्यामा गिरावट आएको हो ।

अनुसन्धानकर्ताले संकटमा रहेका प्राजातिको पुनः वर्गिकरण गर्नुपर्नेमा जोड दिएका छन् । चितुवा निकै संकटापन्न अवस्थामा रहेको उनीहरुको भनाई छ । अहिले विश्वमा रहेका चितुवको आधा संख्या दक्षिण अफ्रिकाका ६ देशका जंगलमा रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

एसिया क्षेत्रबाट भने चितुवा लगभग लोप नै भइसकेको छ । एसियामा सबैभन्दा धेरै चितुवा रहेको इरानमा झण्डै ५० वटा चितुवा छन् । चितुवाको ७७ प्रतिशत बासस्थानको बिनास भएको छ । यसले गर्दा उनीहरुको अस्तित्व नै संकटमा परेको हो ।

जिम्बाबेमा १६ वर्षको अवधिमा चितुवाको संख्या १२ सयबाट एक सय ७० मा झरेको छ । चितुवाले बाँच्नका लागि गर्नुपर्ने तथा मानिससँगको संघर्ष निकै बढेको अनुसन्धानमा संलग्न जुलोजिकल सोसाइटी अफ लण्डन बेलायतका अनुसन्धानकर्ताले बताएका छन् ।

प्रतिक्रिया