मालपोत कुशासनको अड्डा – ट्रान्सपरेन्सीको ठहर

मालपोत कुशासनको अड्डा – ट्रान्सपरेन्सीको ठहर


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ पुष २०७३
  • 8.2K
    Shares

काठमाडौं , ११ पुस ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गरेको एक अध्ययनमा मालपोत कार्यालय ‘कुशासन’को अड्डा बनेको देखाएको छ । साथै यातायात कार्यालयका साथै जिल्ला प्रशासन कार्यालयमा पनि यसको दर उच्च देखिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सोमबार सार्बजनिक सेवा प्रवाह २०७३ प्रतिवेदन सार्वजनिक गरेको छ । २ हजार २ सयभन्दा बढी सेवाग्राहीलाई यो सर्वेक्षणमा समावेश गरिएको थियो ।

सर्वेक्षणले मापलोत कार्यालयमा अत्यन्तै ढिलासुस्ती हुने गरेको देखाएको छ । साथै लापरबाहीका साथै घुस लिएरमात्र काम गर्ने प्रवृत्ति देखिएको अध्ययनले देखाएको छ ।

यातायात कार्यालयमा पनि घुस लिएर काम गर्ने प्रवृत्ति देखिएको छ । नेपाल विद्युत प्राधिकरणका जिल्ला अफिसहरुमा पनि अति नै ढिलासुस्ती हुने गरेको पाइएको छ ।

तर, मालपोतमा जस्तो रकम लिएर छिटो काम गनर्ेे गरेको भने पाइएन । साथै पछिल्लो समय कागजपत्र र प्रक्रिया पुर्‍याएरभन्दा पनि पहुँचवालाबाट काम लिने प्रवृत्ति देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार