आफैंले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु

आफैंले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ पुष २०७३
  • 8.7K
    Shares

धनुषा, ११ पुस ।

धनुषामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर चालकको मृत्यु भएको छ।

जनकपुर–ढल्केवर राजमार्गको धनुषाको लक्ष्मीनिया सडकखण्डमा गए साँझ भएको दुर्घटनामा आफैँले चलाएको ट्र्याक्टरले किचिएर क्षिरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय चालक जाहिल राइनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ज१त २८३६ नंको ट्र्याक्टर चलाएर महेन्द्रनगरतर्फ जाँदै गरेका बेला ट्र्याक्टर पल्टिँदा च्यापिएर चालक राईनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ। उनको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जनाएको छ।

प्रतिक्रिया