फ्लाई दुबईले आजदेखि पोखरा–दुबई नियमित उडान गर्दै

फ्लाई दुबईले आजदेखि पोखरा–दुबई नियमित उडान गर्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ असोज २०८३
  • 532
    Shares

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा , ७ असोज २०८३।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि पोखरा–दुबई–पोखरा रुटमा नियमित उडान शुरु गर्दैछ। विमान आज साँझ ६ः१५ बजे पोखरा अवतरण गरी ७ः१५ बजे यात्रुसहित दुबई प्रस्थान गर्नेछ।

नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा फ्लाई दुबईको उडान शुरु भएपछि पोखराका पर्यटन व्यवसायी तथा उद्योगी उत्साहित भएका छन्। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अध्यागमन, भन्सार, कार्गो र सुरक्षालगायत सबै आवश्यक तयारी पूरा भएको छ।

फ्लाई दुबईबाट पोखरा आउने तथा दुबई जाने यात्रुलाई पर्यटन व्यवसायीले खादा र मालासहित स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हब भएकाले यस उडानबाट पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने बताए। फ्लाई दुबईले एकसय २० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई सेवा दीर्घकालीन बन्ने अपेक्षा गरिएको छ।

जिल्ला सुरक्षा समितिले पनि विमानस्थलको निरीक्षण गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ।

प्रतिक्रिया