इन्सास राइफलको गोली र बारुदसहित पाँचथरबाट तुम्रोक पक्राउ

इन्सास राइफलको गोली र बारुदसहित पाँचथरबाट तुम्रोक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ असोज २०८३
  • 513
    Shares

काठमाडौँ, ७ असोज २०८३ ।

पाँचथरको कुम्मायक गाउँपालिका–१, यासोक बजारबाट इन्सास राइफलको गोली, बारुदजस्तो पदार्थ र खुकुरीसहित एक जना पक्राउ परेका छन्।

यासोक बजारमा धारिलो हतियार देखाएर धाकधम्की दिइरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले फिदिम नगरपालिका–६ का सुसन तुम्रोकलाई पक्राउ गरेको हो।

पक्राउपछि तुम्रोकको शरीर खानतलासी गर्दा दुई थान खुकुरी, इन्सास राइफलको एक थान लाइभ राउन्ड र बारुदजस्तो देखिने २७.७१ ग्राम पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

तुम्रोकमाथि खरखजाना तथा विष्फोटक पदार्थसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिएका छन्का।

प्रतिक्रिया