काठमाण्डौको थानकोटमै मेडिकल लुटपाट : पक्राउ परे दुई जना नक्कली प्रहरी

काठमाण्डौको थानकोटमै मेडिकल लुटपाट : पक्राउ परे दुई जना नक्कली प्रहरी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ असोज २०८३
  • 418
    Shares

काठमाडौँ, ७ असोज २०८३ ।

काठमाडौंको चन्द्रागिरिमा नक्कली प्रहरीको परिचय दिएर सोही ठाउँको एक मेडिकल पसलबाट रकम लुटेर भागेका दुई जना पक्राउ परेका छन्।

गएको असोज १ गते साँझ चन्द्रागिरि नगरपालिका–७, थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा आफूहरू सादा पोशाकमा खटिएका प्रहरी भएको र मेडिकल अनुगमन गर्न आएको भन्दै धाकधम्की दिंदै औषधि पसलको काउन्टरमा रहेको नगद रकम लिएर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सोमबार पक्राउ गरेका अभियुक्तहरुमा चन्द्रागिरि–२, बसुन्डोलका ३१ वर्षीय रोशन सुखैती र २६ वर्षीय सञ्जय बिसुन्खेल रहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध आपराधिक लाभ (एक्सटर्सन/ठगी) सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया