पौडेल र श्रेष्ठबीच भेटवार्ता

पौडेल र श्रेष्ठबीच भेटवार्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ पुष २०७३
  • 7K
    Shares

भक्तपुर, ११ पुस ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र तराई मधेस लोकतान्त्रिक पार्टीका तीन नेताबीच आज भक्तपुरमा भेटवार्ता भएको छ ।

आज भक्तपुरको सानोठिमीस्थित ठाकुर निवासमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा नेताहरुबीच संविधान संशोधनको विषयलाई लिएर भइरहेको गतिरोधलाई कसरी हटाउने भन्नेबारेमा छलफल भएको छ ।

भेटपछि रासससँग कुरा गर्दै तमलोपा अध्यक्ष ठाकुरले जारी गतिरोधको निकास खोज्ने पहलका लागि छलफल केन्द्रित भएको बताए ।

भेटका क्रममा संविधान संशोधन प्रस्तावलाई फिर्ता लिने वा परिमार्जन गरेर प्रक्रियामा जाने भन्ने बारेमा नेताहरुबीच छलफल भएको ठाकुरले जानकारी दिए।

सभामुख ओनसरी घर्तीले सहमतिका लागि आज सात प्रमुख दलको संयुक्त बैठक आह्वान गरेको सङ्घारमा तीन नेताबीच भेटवार्ता भएको हो । रा

प्रतिक्रिया