एजेन्सी, ११ पुस ।
यो वर्ष विश्वका विभिन्न ठाउँमा विमान दुर्घटना भए । पछिल्लो पटक आइतबार रुसको रक्षामन्त्रालयको विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ९२ जनाको ज्यान गएको छ । रुसको रक्षा मन्त्रालयको विमान टियु–१५४ ‘ब्ल्याक सी’ मा दुघर्टना हुँदा विमानमा रहेका सबैको ज्यान गएको हो ।
वर्ष २०१६ मा भएका पाँच ठूला विमान दुर्घटना
- १) डिसेम्बर १८ मा इन्डोनेशियाको सैन्य विमान हर्कुलस सी–१३० इन्डोनेशियाकै पपुआका दुर्घटनाग्रस्त भयो । यो दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जनाको ज्यान गयो । यो विमान यही वर्ष अस्ट्रेलियाले इन्डोनेशियालाई दिएको थियो ।
- २) डिसेम्बर ७ मा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान पिके–६६१ पाकिस्तानको उत्तरी क्षेत्र हवेलिया नजिक दुर्घटनाग्रस्ता भयो । यो दुर्घटनामा पाकिस्तानका चर्चित गायक जुनैद जमशेदसहित ४० यात्रु र चालक दलका पाँच सदस्यको ज्यान गएको थियो ।
- ३) नोभेम्बर २९ मा ब्राजिलको एक फुटबल टिमका खेलाडीसहित ८१ जना चढेको मिवान कोलम्बियामा दुर्घटनाग्रस्त भयो । यसमा पाँच जना बाँच्न सफल भए । दुर्घटनामा १९ खेलाडीसहित ७६ जनाको ज्यान गयो । ७४ जनाको घटनास्थलमा नै ज्यान गएको थियो भने दुई जनाको उपचारको क्रममा ।
- ४) मे १९ मा पेरिसबाट कायरोका लागि उडेको इजिप्ट एयरको विमान भूमध्यसागरको आकाशमा दुर्घटनाग्रस्त भयो । चालक दलका १० तथा ५६ यात्रु गरी ६६ जनाको ज्यान गयो ।
- ५) मार्च २०१६ मा फ्लाई दुबईको विमान रुसको रोस्तोफ–अन–डोनका लागि उडेको विमान अवतरणको क्रममा दुर्घटनाग्रस्त भयो । दुर्घटनामा चालक दलका सात सदस्य र ५५ यात्रु गरी ६२ जनाको ज्यान गयो ।