नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाको सभापतिमा दिपिन कुमार श्रेष्ठ निर्वाचति भएका छन् । झण्डै एक बर्ष अघि माघ २५ गते भएको निर्वाचनमा सभापति पदका प्रत्यासिद्धय दिपिन श्रेष्ठ र पासाङ सेर्पाले बराबरी मत प्राप्त गरेका थिए ।
चुनाव भएको झण्डै एक बर्षपछि नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिको निर्णय अनुसार गोलाप्रथाबाट परिणाम घोषण गरिएको हो ।
निर्वाचनको परिणाम घोषणा गर्न आइतबार दुवै प्रत्यासिलाई नेपाली कांग्रेस केन्द्रीय कार्यलय सानेपामा बोलाइएपनि श्रेष्ठ भने अनुपस्थित भएका थिए । तर, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रष्ठले गोला तान्दा श्रेष्ठ विजयी बनेका थिए ।