प्रहरीको मोष्टवाण्टेड सूचीमा रहेका दिपेन्द्र ठाकुर पक्राउ

प्रहरीको मोष्टवाण्टेड सूचीमा रहेका दिपेन्द्र ठाकुर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० पुष २०७३
  • 8.8K
    Shares

काठमाडौं, १० पुस ।

मोष्टवाण्टेडको सूचीमा रहेका दिपेन्द्र ठाकुरलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई  सिस्वाकटैया १ बाट शनिबार राति पक्राउ गरेको हो। महोत्तरी जिल्लाको बथनाहा–४ घर भएका ठाकुरले जिल्ला प्राविधिक कार्यालयका सवओभरसियर पूर्णसिंह प्रधानलाई गोली हानी हत्या, जानकी मेडिकल कलेजका तत्कालिन सञ्चालक अशोक सिन्हाको जनकपुर–४ स्थित घरमा गोली प्रहार गरी उनका मेनेजरलाई गम्भीर घाईते बनाएको, धनुषा, महोत्तरी, सर्लाही जिल्लामा भएका दर्जनभन्दा बढी अपराधिक घटनामा संलग्न रहेको अभियोग ठाकुरमाथि रहेको सुरक्षा स्रोतहरुले जनाएका छन्।

उनीमाथि महोत्तरीमा ४, धनुषामा ५, सर्लाही सिरहामा गरी संगठित अपराध, हातहतियार, चन्दाआंतक, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराध लगायत दर्जनभन्दा बढी अभियोग रहेको बताइएको छ।

जनतान्त्रिक तराई मुक्ती मोर्चा  (राजन मुक्ति समूह) मा सकृय रहेका ठाकुरलाई प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो।

उनलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार