गाई हत्याको विरुद्ध सुदूरपश्चिमका जिल्लाहरुमा बन्द आह्वान

गाई हत्याको विरुद्ध सुदूरपश्चिमका जिल्लाहरुमा बन्द आह्वान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० पुष २०७३
  • 7.3K
    Shares

‘गौ’(गाई) हत्या गरिएको भन्दै त्यसको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका हिन्दूवादी संघसंस्थाले सुदूरपश्चिमका जिल्लाहरुमा बन्द आह्वान गरेका छन् ।

बन्दको प्रभाव कैलालीमा परेको देखिएपनि अरु जिल्लामा भने खासै परेको छैन । कैलालीमा यातायातका साधन चलेका छैनन् भने बजार आंशिक रुपमा मात्र संचालित छन् ।

बन्दकर्ताले र्‍यालिसमेत गरेका छन् । गत बुधबार भीमदत्त सडकखण्ड अन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुतेमा १४ वटा गाई र ११ वटा गोरुलाई विष खुवाएर छाडिएको दावी गरिएको छ ।सडकमा छाडा छोडिएका गाई गोरुलाई कञ्चनपुरको बेदकोट नगरपालिकाले गाडीमा हालेर उक्त स्थानमा छाडेको थियो ।

गाई गोरु बोक्न प्रयोग गरिएको दुई वटा ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर छानबीन गरिरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

घटनामा संलग्न ठानिएका बेदकोट नगरपालिकाका कार्यकारी अधिकृतसहितका व्यक्तिलाई कारवाही गरिने कैलालीका प्रमुख अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

प्रतिक्रिया