विमान अपहरणकारीले आत्मसमर्पण गरे

विमान अपहरणकारीले आत्मसमर्पण गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ पुष २०७३
  • 7.7K
    Shares

एजेन्सी, ९ पुस ।
 
लिबियाको विमान अपहरणमा संलग्न दुई जना अपहरणकारीले आत्मसमर्पण गरेपछि सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ ।
 
लिबियाको आन्तरिक उडानको विमान शुक्रबार अपहरण गरेका दुई अपहरणकारीले माल्टामा आत्मसमर्पण गरेका हुन् ।
 
उनीहरुले एक सय ११ यात्रु र चालक दलका सात सदस्य गरी एक सय १८ जनासहित लिबियाको साभबाट उडेको विमान अपहरण गरेका थिए । राजधानी त्रिपोलीका लागि उडेको विमान अपहरण गरेर माल्टा पुर्‍याएका थिए ।
 
माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले ट्वीट गरेर अपहरणमा संलग्न दुवै युवकले आत्मसमर्पण गरेको जानकारी दिएका हुन । यस्तै विमान सेनाको नियन्त्रणमा रहेको र दुवै युवकलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको उनले बताए ।
 
पक्राउ पर्नुअघि दुवै युवकले विमानबाट बाहिर आएर मुअम्मर अल गद्दाफीको शासनकालमा रहेको लिबियाको पुरोनो झण्डा फहराएका थिए । उनीहरुले आफूहरु गद्दाफीका समर्थक रहेको पनि बताएका छन् ।
 
लिबियामा अहिले अमेरिकाको समर्थन रहेको अन्तरिम सरकार छ । अपहरणकारीको नाम मौसा शाह र अहमद अली रहेको विमानका क्याप्टेन अली मिलादले बताएका छन् ।

प्रतिक्रिया