११८ यात्रु सवार लिवियाली विमान अपरहणमा

११८ यात्रु सवार लिवियाली विमान अपरहणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ पुष २०७३
  • 8.6K
    Shares

काठमाडौं, ८ पुस ।

लिवियाको एक विमान अपरहणमा परेको छ र, माल्टामा अवतरण गराइएको छ । अफ्रिकिया एयरलाइन्सको विमानमा ११८ यात्रु सवार थिए ।

एयर बस ए ३२० ले लिबिया हवाई क्षेत्रमा रहेको बेला आफ्नो रुट परिर्वतन गरेको थियो । रिपोर्टहरुका अनुसार विमानमा दुई अपहरणकारी छन, जसले बम विस्फोट गराउन धम्की दिएका छन् ।

अफ्रिकिया एयरलाइन्सले पनि विमान अपहरणमा परेको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले सुरक्षा फोर्स तयारी अवस्थामा रहेको बताएका छन् । माल्टाको विमानस्थलले ट्वीटरमा यसको पुष्टि गरेको छ कि विमानस्थलमा अनाधिकृत व्यवधान उत्पन्न भएको छ । र, आपतकालीन टोली पठाइएको छ ।

प्रतिक्रिया