बेलायतमा दारिवाली किशोरीले राखिन् विश्व रेकर्ड

बेलायतमा दारिवाली किशोरीले राखिन् विश्व रेकर्ड


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ पुष २०७३
  • 6K
    Shares

एजेन्सी । बेलायतमा बस्ने हरनाम कौरको नाम ‘दारिवाली’ सबैभन्दा कम उमेरकी महिलाको रुपमा गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।

हरनाम कौर १६ वर्षको हुँदा नै उनमा पोलिसिस्टिक सिन्ड्रोम भएका कारण अत्तिरिक्त कपाल आउने क्रम सुरु भएको थियो । शरीर र अनुहारमा समेत रौंहरु आउन थालेपछि विद्यालयमा समेत दुर्व्यवहारको शिकार हुने गरेकी थिइन् । सोही कारण कतिपय समयमा अपमान खेप्नुपर्दा आत्महत्या गर्नेसम्मको सोँच बनाएकी थिइन् ।

अहिले उनी संसारमा नै ‘बडी पोजिटिभिटी’ अर्थात शरीरलाई लिएर सकारात्मकताको सन्देश फैलाइरहेकी छन् । पछिल्ला केही वर्षदेखि उनले अनुहानमा आएको दाह्री हटाएकी छैनन् । उनले १६ वर्षको उमेरमा नै सामाजिक बन्धनलाई तोडेर दाह्री पाल्ने निर्णय गरेकी हुन् ।

प्रतिक्रिया