अमेरिकाको आणविक क्षमता बढाउनु पर्छ : ट्रम्प

अमेरिकाको आणविक क्षमता बढाउनु पर्छ : ट्रम्प


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ पुष २०७३
  • 8.4K
    Shares

 एजेन्सी, ८ पुस ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकाको आणविक क्षमता थप विस्तारित तथा बलियो बनाउनुपर्ने बताए ।

विश्वलाई परमाणु हतियारको बारेमा राम्रो जानकारी नभएसम्म अमेरिकाले आफ्नो परमाणु क्षमता विस्तारित तथा बलियो बनाउनु पर्ने ट्रम्पको भनाई छ । आउँदो जनवरीमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेका ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनाको परमाणु क्षमता बढाउनु पर्ने बताएको केही समय लगतै अमेरिकाले पनि आणविक क्षमता विस्तारित गर्नु पर्ने बताए ।

अमेरिकाको हतियार नियन्त्रण एशोसिएशनका अनुसार अमेरिकासँग सात हजार एक सय तथा रुससँग सात हजार तीन सय परमाणु हतियार छ । ट्रम्पले ट्वीट मार्फत परमाणु क्षमता विस्तारित तथा बलियो बनाउनु पर्ने बताए पनि उनका प्रवक्ताले भने ट्रम्पले परमाणु हतियारको प्रसार नियन्त्रित गर्नु पर्नेमा जोड दिएको बताएका छन् ।

प्रतिक्रिया