सूचना टाँस गरि संसद बैठक स्थगित

सूचना टाँस गरि संसद बैठक स्थगित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ पुष २०७३
  • 7K
    Shares

संसद बैठक लम्ब्याएर विपक्षी सांसदलाई थकाउन सत्ता पक्षबाट दबाब खेपिरहेकी सभामुख ओनसरी घर्तीमगरले बिहीबार निर्धारित संसद बैठक चार दिन पछाडि धकेलेर स्थगन गरेकी छन् ।

प्रमुख राजनीतिक दलहरुलाई सहमतिका लागि बिहीबारसम्मको समय दिएकी सभामुखले दलहरु सहमतिमा पुग्न असफल भएपछि संसद बैठक स्थगन गरेको स्रोतले जनाएको छ ।

संसदको बिहीबारको बैठक सूचना टाँसेर पुस १० गते एक बजेसम्मका लागि स्थगन गरिएको संसद सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार