आगलागीमा परी बाग्लुङमा ३ बर्षीय बालकको मृत्यु

आगलागीमा परी बाग्लुङमा ३ बर्षीय बालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ७ बैशाख २०७६
  • 8.1K
    Shares

बाग्लुङमा एक बालकको जलेर ज्यान गएको छ । आगलागीमा परी निसीखोला गाउँपालिका २ छरछरेका विमल सुनारका छोरा ३ वर्षीया विशालको ज्यान गएको जिल्ला प्रहरी कार्यलय बाग्लुङले जनाएको छ ।

शनिबार आफनै गोठमा आगलागी हँदा विशालको जलेर ज्यान गएको हाे आगोलागीबाट गोठ जलेर पुर्ण रुपमा नष्ट भएको स्थानीयले बताएका छन् ।

गोठ जल्दा ३ लाख बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय झिवाखोलाको प्रहरी टोली घटनास्थल पुग्दा बच्चा जलिसकेको अबस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार