श्रीङ्लकामा आइतबार २९ भारतीय माझी पक्राउ परेका छन् । ती माझीहरु श्रीलङ्काको जलक्षेत्र गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा नौसेनाले पक्राउ गरेको जनाइएको छ । ती माझीहरुलाई श्रीलङ्काको उत्तर र उत्तरपश्चिमी इलाकामा रहेको समूद्रबाट पक्राउ गरिएको बताइएको छ ।
ती माझीहरुसँग रहेका काठका स-साना डुङ्गाहरुसमेत नौसेनाले कब्जा गरेको छ । भारतीय माझीहरु गत केही बर्षयता श्रीलङ्काको जलक्षेत्रमा गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा बारम्बार पक्राउ पर्ने गरेका छन् । यस मुद्दा समाधानको लागि दुबै देश संघर्षरत रहेका छन् ।
भारतकी विदेश मन्त्री शुष्मा स्वराजले यस मुद्दा विषयमा श्रीलङ्काको वरिष्ठ नेताहरुसँग वार्ता गर्ने बताएकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । एजेन्सी