सिकारीको गोली लागी मृत्यु

सिकारीको गोली लागी मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ पुष २०७३
  • 8.6K
    Shares

रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ । सो जंगलमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहको सदस्य सैनामैना नगरपालिका–२ सोरौलीका करिब ६० वर्षीय वासु थारुको आइतबार गोली लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक वसन्त रानाका अनुसार, ढुङ्गामा अल्झिएर लडेपछि आफैँले बोकेको हतियार पड्केर वासु थारुको मृत्यु भएको हो । थारुलाई गोली लागेर गम्भीर घाइते भएपछि उपचारार्थ अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो l

घरदेखि करिब पाँच किलोमिटरको दूरीमा लुकीछिपी चोरी सिकारी गर्ने गाउँकै करिब १५–१६ जनाको समूह संलग्न रहेकोमा  घटनामा संलग्न रहेको अनुमानमा केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ l

घटनास्थल गाउँबाट टाढा रहेको र सवारीसमेत पुग्न नसक्ने भएकाले घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया