इन्डोनेसियालीमा सैन्य विमान दुर्घटना हुदाँ १३ जनाको मृत्यु

इन्डोनेसियालीमा सैन्य विमान दुर्घटना हुदाँ १३ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ पुष २०७३
  • 7.2K
    Shares

एजेन्सी, ३ पुस  ।

इन्डोनेसियाली सैन्य विमान दुर्घटना भएको खबर छ | दुर्घटना  हुँदा १३ जनाको मृत्यु भएको बताएको छ ।

‘हर्कुलस सी–१३०’ विमानमा चालक दलका तीन सदस्य र अन्य १० यात्रु गरी १३ जना सवार थिए ।

विमान आइतबार सुदूरपूर्वी इलाकामा दुर्घटना भएको हो । सैन्य अधिकारीका अनुसार विमानमा १२ टन खाद्यान्नसमेत थियो ।

खराब मौसमका कारण सो विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीय समय अनुसार बिहान ५ः३५ मा टिमिकाबाट उडेको विमान वामिनामा अवतरणको निर्धारित समयभन्दा ४ मिनेट अगाडि नै दुर्घटना भएको हो ।

प्रतिक्रिया