एक महिनादेखि हराएकी महिलाको शव फेला

एक महिनादेखि हराएकी महिलाको शव फेला


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ पुष २०७३
  • 8K
    Shares

विगत एक महिनादेखि हराएकी एक महिलाको शव कुहिएको अवस्थामा सिरहा प्रहरीले फेला पारेको छ ।

गत कात्तिक २८ गतेदेखि हराएकी सिरहाको मिर्चैया नगरपालिका– ५ निवासी ४० वर्षीया ठकनीदेवी साहको शव इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा फेला पारेको हो ।

खोज तलासको क्रममा मिर्चैया ५ स्थित जिवा जङ्गलमा कुहिएको अवस्थामा साहको शव फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

फेला परेको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया