धादिङको भुमेस्थान कार दुर्घटना, तीन जनाको मृत्यु

धादिङको भुमेस्थान कार दुर्घटना, तीन जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ पुष २०७३
  • 8.2K
    Shares

काठमाडौँ, १ पुस ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको भुमेस्थान–६ मा शुक्रबार बिहान कार दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

भुमेस्थानमा ग २ च ४५७२ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको धादिङ प्रहरीले जनाएको छ ।

ज्यान जानेमा एक महिला र दुई पुरुष रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया