एलेप्पो क्षेत्रमा सैन्य कारवाही अन्त्य भएको रुसको दाबी

एलेप्पो क्षेत्रमा सैन्य कारवाही अन्त्य भएको रुसको दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ मंसिर २०७३
  • 8.2K
    Shares

एजेन्सी, २९ मंसिर ।

सिरियाको एलेप्पोको पूर्वी क्षेत्रमा सैन्य कारवाही अन्त्य भएको रुसले जनाएको छ ।

सरकारी सेनाले त्यस क्षेत्रमा नियन्त्रण कायम गरेको र विद्रोही लडाकु त्यो ठाउँ छोडन् तयार भएकाले सैन्य कारवाही अन्त्य गरिएको संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भिटाली चुर्किनले बताए । विद्रोही पक्षले पनि आफूहरु एलेप्पोको पूर्वी क्षेत्र छोड्न सहमत भएको पुष्टि गरेका छन् ।

तर सर्वसाधारण नागरिकलाई पनि बाहिर जान अनुमति दिनुपर्ने उनीहरुको माग छ । यो सहमतिले चार वर्षदेखि त्यहाँ जारी डरलाग्दो द्वन्द्व अन्त्य हुने आशा गरिएको छ । यस क्रममा हजारौं मानिसको ज्यान गइसकेको छ । सिरियाको सरकारी सेनाले रुसी हवाई सेनाको सहयोगमा विद्रोही विरुद्ध आक्रमण गर्दै आएको थियो ।

संयुक्त राष्ट्रसंघले एलेप्पोका बासिन्दामाथि बर्बरताको अवस्था रहेको र त्यसको जिम्मेवार सरकारी सेना र उसलाई सहयोग गर्ने पक्ष हुने बताए लगतै सैन्य कारवाही अन्त्य भएको कुरा बाहिर आएको हो । संयुक्त राष्ट्रसंघ र अमेरिकाले एलेप्पोमा भएको बर्बरताको जिम्मेवार सिरिया सरकार तथा उसलाई सहयोग गर्ने रुसी र इरान रहेको बताएका छन् । तर रुसले भने आरोप असत्य रहेको बताउँदै आएको छ ।

सर्वसाधारणको भावुक सन्देश

विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी एलेप्पोको सानो क्षेत्रमा फसेका मानिसले भावुक सन्देश छोडेका छन् । सिरियाली सेनाको तीब्र बमबारीका बिच त्यहाँका नागरिकले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरेका छन् । लिना शमी नामकी एक महिलाले लेख्नुभएको

प्रतिक्रिया
सम्बन्धित समाचार