रामेछापमा ट्रिपर दुर्घटना, चार जनाको मृत्यु

रामेछापमा ट्रिपर दुर्घटना, चार जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २९ मंसिर २०७३
  • 8.7K
    Shares

काठमाडौँ २९ मंसिर ।

रामेछापको खाँदादेबी ढुरेणखोपमा मंगलबार राति भएको ट्रिपर दुर्घटनामा चार जनाको ज्यान गएको छ ।

सिन्धुलीका २४ वर्षका रुपेश भण्डारी, सर्लाहीका २९ वर्षका विकास पौडेल, सिन्धुपाल्चोकका ३५ वर्षका कुमार बिक र ललितपुरका ३५ वर्षका किरण डाँगीको दुर्घटनामा परि ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डाँगीको उपचारको क्रममा र अरु तीन जनाको घटनास्थलमै ज्यान गएको हो  । मंगलबार राति साढे ८ बजे बा २ ख ६८८८ नम्बरको ट्रिपर सडकबाट झण्डै तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया