स्थानीय शिक्षकको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि लक्ष्मीको घरमा ताला लगाइएको छ । कुटपिट गर्ने शिक्षकसहित मृतकका श्रीमान्लाई पनि प्रहरीले हिरासतमा लिएकाले तीन बालक छिमेकीको घरमा शरणार्थी बनेका छन् ।
गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै लक्ष्मीलाई मलमूत्र खुवाएर कुटपिट गरेका थिए । लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो ।
स्थानीय शिक्षकको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि मानवअधिरकर्मी टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ । आयोगका अधिकृत नितु गर्तौला, दीपकुमार यादव, मुक्तिनाथ श्रेष्ठ, काभ्रेका मानवअधिकारकर्मी भोजराज तिमल्सिना, राष्ट्रिय दलित आयोगका सदस्य रुपबहादुर परियार, मणित बि.क र कोपिला बि.क लगायतको टोली घटनास्थल पुगेको हो ।