काठमाडौं, २७ मंसिर ।
घटनाका बारेमा छानबिन गर्न महानगरीय अपराध महाशाखा टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी नायब उपरीक्षक दिपक रेग्मी रहेको समिति गठन गरिएको हो ।
समितिले पाँच दिनभित्र घटनाको प्रतिवेदन बुझाउनेछ । सडकमा बेहोस अवस्थामा भेटिएका काठमाडौं गोकर्णेश्वर बस्ने दोलखाका राजकुमार लामाको ज्यान गएको विषयमा उनका आफन्तलगायतले आइतबार प्रहरी बिटमा आगजनी तथा तोडफोड गरेका थिए ।