पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि  समितिलेपहल गर्ने

पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि  समितिलेपहल गर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २७ मंसिर २०७३
  • 7.4K
    Shares

काठमाडौँ,२७ मंसिर ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले सरकारले निर्धारण गरेको आमसञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार र कर्मचारीको न्यूनतम पारिश्रमिक पूर्ण कार्यान्वयनका लागि पहल गर्ने भएको छ ।

नेपाल पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘आधारभूत समाचार तालिम’को समापन गर्दै समितिका अध्यक्ष पोषण केसीले न्यूनतम पारिश्रमिक कार्यान्वयन भए नभएको बारेमा अनुगमन गरिने जानकारी दिए।

मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकार देशको चौथो अङ्ग भएकाले पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेे औँल्याउनुभयो । मञ्चले एक हप्तासम्म आयोजना गरेको उक्त कार्यक्रममा रसुवाका १८ प्रशिक्षार्थी सहभागी थिए । ।

प्रतिक्रिया