श्रीमतीसँगको अनैतिक सम्बन्धले श्रीमानको हत्या

श्रीमतीसँगको अनैतिक सम्बन्धले श्रीमानको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ मंसिर २०७३
  • 9.5K
    Shares

काठमाडौं, २६ मंसिर ।

धनुषामा जानी जानी गाडीले किचेर हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गएको कात्तिक २६ गते जनकपुर उपमहानगरपालिका–२२ विस्पिट्टीका ३७ वर्षे श्रीराम ठाकुरलाई हत्या गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–६ का ३० वर्षे जितेन्द्र चौधरी र धनुषाको महुवा–४ का २७ वर्षे मनोजकुमार चौधरी रहेका छन् । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

मृतक श्रीराम ठाकुरको श्रीमतीसँग जितेन्द्र चौधरीको अनैतिक सम्बन्ध भएपछि ठाकुरकी श्रीमतीलाई चौधरीले लिन गाडीले किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको  हो ।

गएको कात्तिक २७ गते बिहान ५ बजे जनकपुर–ढल्केवर सडक खण्डको क्षिरेश्वरनाथ नगरपालिका–४ हरैयास्थित सडक छेउमा गाडीले किचेर ज्यान गएको अवस्थामा ठाकुरको शव फेला परेको थियो ।

घटनाको अनुन्धानबाट आरोपी जितेन्द्र चौधरीले एक हप्ता अघिदेखि नै ठाकुरको हत्या गर्ने योजना बनाएको विभिन्न मोवाइल नम्बरबाट ठाकुरसँग गरेको कुराकानीले खुलेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक मनोज यादवले बताउनुभयो ।

कातिक २६ गते बेलुका जितेन्द्रले ठाकुरलाई जागिरको प्रलोभन दिइ ढल्केवर लगेको र ढल्केवरबाट आफ्नै ज ३ प ८९३७ नम्बरको मोटरसाइकलमा चढाइ बेलुका फर्कने बेला झण्डै ७ बजेको समयमा हरैयास्थित मोटरसाइकल रोकेर जेएच ०१ जे ६८६४ नम्बरको भारतीय नम्बर प्लेटको बोलेरो आएका बेला धकेलेर हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले घटना पश्चात फरार भएका थिए । हत्या गर्न मनोजकुमार चौधरीले पनि सहयोग गरेको प्रहरीले जनाएको छ ।  पक्राउ परेको दुबै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया