क्रान्तिकारी पत्रकार संगठन मेची अञ्चलको आयोजनामा आजबाट झापाको बीर्तामोड गरामनीमा एक हप्ते आधारभुत पत्रकारीता तालिम शुरु भएको छ । क्रान्तिकारी पत्रकार संगठनका महासचिव प्रज्वल श्रेष्ठले एक समारोहका बीच तालिमको उद्घाटन गर्नु भयो ।
सो अबसरमा क्रान्तिकारी पत्रकार संगठनका लुम्विनी अञ्चल सयोजक प्रकाश डुम्रे, मेची सयोजक आलोक मावोहागं लिम्बु , नेकपा माओवादी झापाका सचिव आकाश थापा , प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाई लगायतकाको उपस्थिति रहेको थियो ।
तालिममा झापा, ईलाम, पाचथर, ताप्लेजुगं , सुनसरी , मोरगंबाट गरी २१ जना सहभागी रहेको संगठनका मेची संयोजक आलोक लिम्बुले जानकारी दिनु भयो ।
तालिममा संगठनका महासचिव प्रज्वल श्रेष्ठ, लुम्बिनी अञ्चल संयोजक प्रकाश डुम्रे र मेची संयोजक आलोक लिम्बुले रेडियो तथा छापा र अनलाई सञ्चार माध्यममा समाचार लेखन, बाचन, फिचर समाचार लेखन जस्ता विधामा प्रशिक्षण दिने आयोजकले जनाएको छ । तालिम सात दिन सम्म सन्चालन हुनेछ ।