तनहुँको जामुनेमा हिजो ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक नवलपरासीका अन्जित जोगिको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा आज विहान साढे ८ बजे मृत्यु भएको छ । को १ ख १४०७ नम्बरको ट्रकले अन्जितले चलाएको ग १२ प १४ २७ नम्बरको मोटरसाइकलाई हिजो ठक्कर दिएको थियो ।
दुर्घटनामा संलग्न ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।