बेलायतमा भएको दुर्घटनामा नेपाली महिलाको मृत्यु

बेलायतमा भएको दुर्घटनामा नेपाली महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ मंसिर २०७३
  • 12.1K
    Shares

बेलायतको वोकिङमा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ । शुक्रबार राति वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल हिँडिरहेकी ४९ वर्षीय राधिका गुरुङको मृत्यु भएको हो ।

आर्नोल्ड रोडको जंक्सन नजिकै भएको दुर्घटनामा दुर्इ कार एक आपसमा ठोक्किएका थिए, जतिबेला राधिका पुटपाथमा हिँडिरहेकी थिइन् । दुर्घटनामा परेकी उनको तत्कालै घटनास्थल आइपुगेका पारामेडिक्सले उपचार गरे पनि केहीबेरमै मृत घोषणा गरेको छ ।

संखुवासभा मच्छेपोखरी ६ घर भएकी गुरुङ सातौँ गोरखा राइफल्सका पूर्वगोरखा सैनिक धर्मराज गुरुङकी पत्नि रहेको संखुवासभा समाज युके तथा संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद् (स‌म्योजन)  समितिका संयोजक गणेश रानामगरले जानकारी दिए ।

वी नेपाली का अनुसार दुर्घटना भएका बखत  गुरुङ काम सकेर घर फर्कदै थिइन् । समयमै घर नआएपछि परिवारले मोवाइलमा सम्पर्क गर्दा प्रहरीले फोन उठाएर घटनाका बारेमा जानकारी दिएको परिवारलाई उद्धृत गर्दै रानामगरले बताए ।

प्रतिक्रिया