काभ्रेमा टाटासुमो र टिपर ठोक्कियो, दुईको मृत्यु, आठ घाइते

काभ्रेमा टाटासुमो र टिपर ठोक्कियो, दुईको मृत्यु, आठ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ मंसिर २०७३
  • 9.8K
    Shares

काभ्रेको बनेपानजिक एकाविहानै दुई सवारी साधन ठोकिदा दुई जनाको मृत्यु भएको छ । झण्डै एक दर्जन घाइते भएका छन् । अरनिको राजमार्गअन्र्तगत काभ्रेको नासिकास्थान १ भैसेपाटीमा दुर्घटना भएको हो । झापाको दमकबाट काठमाडौं आउँदै गरेको मे. १. ज. २१९१ नम्बर को टाटासुमो र विपरित दिशाबाट आइरहेको बा ४ ख ३५५६ नम्बरको टिपर एक आपसमा ठोकिएको हो ।

दुर्घटनामा मोरङ मधुवनका मदन श्रेष्ठ र पहिचान नखुलेका अर्का एकको घटनास्थलमा नै मृत्यु प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ८ जनाको बनेपास्थित शिर ममोरियल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रिपर चालक फरार छन् ।

(तस्बिर देवराज केसीको फेसबुकबाट)

प्रतिक्रिया