संसदीय गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले छलफल गर्दै

संसदीय गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले छलफल गर्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २५ मंसिर २०७३
  • 10K
    Shares

प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गर्ने विषयमा दलहरुसँग थप छलफल गर्दै छन्।

सभामुख ओनसरी घर्तीसँग बालुवाटारमा शनिबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले गतिरोध अन्त्य गर्न अहिलेपनि औपचारिक तथा अनौपचारिक रुपमा छलफल भइरहेको र शनिबारदेखि थप छलफल गर्ने बताए ।

उनले आउँदो बिहीबार बोलाइएको संसदको अर्को बैठक सम्ममा सहमति जुट्ने विश्वास पनि ब्यक्त गरे । भेटमा सभामुख घर्तीले संसद अवरुद्ध हुँदा चुनाव सम्बन्धि कानून, महाअभियोग प्रस्ताव लगायत महत्वपुर्ण विषय संसदमै अल्झिरहेकाले तत्काल संसद खुलाउन पहल गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेकी थिइन्।

सभामुख घर्तीले आफू आउँदो बुधबारसम्म विदेशमा रहने भएकाले त्यो समय उपयोग गरेर गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेकी थिइन्।

यसैबिच, सभामुख ओनसरी घर्ती विश्वका महिला सभामुखहरुको सम्मेलनमा भाग लिन शनिबार संयुक्त अरब इमिरेट्को आबुधाबी जाँदै छिन ।

मंसिर २७ र २८ गते हुने सम्मेलनमा भाग लिएर उनि मंसिर २९ गते नेपाल फर्किने कार्यक्रम छ । इन्टरनेशनल पार्लियामेण्टरियन युनियन र युएइको संसदले संयुक्त रुपमा गर्न लागेको सम्मेलनमा सभामुख घर्तीले पनि सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । घर्ती बेलुका पौने ५ बजे युएई प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया