कुनै समय राज्यविरूद्ध सशस्त्र युद्वमा होमिँदै मर्न र मार्न तयार हुने माओवादी लडाकु अहिले विश्वको द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन्।
२०६९ कात्तिक १६ मा नेपाली सेनामा समायोजन भएका ८३ जना पूर्वलडाकु शान्ति स्थापनाका लागि यही वर्ष अफ्रिकी मुलुकहरू लेबलान, कंगो र दक्षिण सुडान पुगिसकेका छन्।
सेनामा समायोजन भएपछि पहिलोपटक माओवादीका पूर्वलडाकुहरू नेपाली सेनाको पोसाक र युएनको निलो टोपी लगाउँदै शान्ति स्थापनाका लागि खटिएका हुन्। आजको कान्तिपुरमा खबर छापिएको छ ।