काठमाडौँमा रहेका विभिन्न बसपार्क क्षेत्र र शहरका गल्ली तथा चोकहरुको फोहोर विप्लव माओवादीले बढार्ने भएको छ ।
माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकले सञ्चालन गरेको “राष्ट्रको लागि युवा अभियान” टोलीले शुक्रबार काठमाडौँको बालाजु बसपार्क र गोंगबु बसपार्क सफा गर्दै छ ।
बिहान ६ बजेदेखी १० बजे सम्म हुने सरसफाई अभियानमा बसपार्कका ब्यबसायी र स्थानीयवासीको समेत सहभागिता रहने सयुक्त उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष युबराज पराजुलीले बताए ।
सरसफाई कार्यक्रममा युवा संगठनको अभियान टोलीका साथै माओवादीका नेता धर्बेन्द्र बास्तोला, माइला लामा, झक बहादुर मल्ल लगायतका नेता कार्यकर्ताको सहभागिता रहने माओवादीले जानकारी दिएको छ।
काठमाडौँ महानगरपालिका र गोंगबु क्षेत्रका व्यापारीहरुको समन्वयमा गरिन लागेको सरसफाई अभियानपछि माओवादीले दिउसो ११ बजे बसपार्कमा रहेका सम्पूर्ण ब्यबसायी र माओवादी नेताहरुको उपस्थितिमा “अन्तर्राष्ट्रिय बसपार्क निर्माणमा सरोकार पक्षको धाराणा” बिसयक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको छ।
त्यस्तै राष्ट्रिय युवा जनस्वयमसेवकका नेता झक बहादुर मल्लले देशको संसदीय राजनीति भित्रको फोहोर र सिंगो देशको फोहोर बढारेर देश नै सफा गर्ने बताएका छन।
“हामीले जनता, सेना र प्रहरीसँग मिलेर, असपताल, चोक र गल्लीहरु लगाएत थुप्रै ठाउँमा सरसफाइ अभियान सम्पन्न गरिसकेका छौ ।, भोलीको कार्यक्रम पनि सोहि अभियान अन्तर्गत नै हो ।” मल्लले भने ।
साह्रै गन्हाइरहेकाे नेपालकाे संसदीय राजनीतिक बिकृतिलाई जरैदेखी फाल्न जनतासँग हातेमालाे गरेर अघि बढ्न जनस्वयम् सेवकले अभियान सञ्चालन गरेको उनले बताए ।