राजनीतिक संकट कम गर्न सभामुख घर्तीले पहल थाल्दै

राजनीतिक संकट कम गर्न सभामुख घर्तीले पहल थाल्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २३ मंसिर २०७३
  • 9K
    Shares

संविधान संशोधनको विषयमा उत्पन्न राजनीति गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्तीले पहल थाल्दै छिन् ।
 
उनले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुहुने उनको निजी सचिवालयले जनाएको छ ।
 
सरकारले ल्याएको संविधान संशोधनपछिको उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवादहीनता, महाअभियोग र आगामी निर्वाचनका विषयमा केन्द्रित रहेर छलफल हुने बुझिएको छ । सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि राजनीतिक संकट गहिरिँदै गएको छ ।
 
एमालेसहितका दलहरुले संसद बैठक निरन्तर अवरुद्ध गर्दै आएका छन् । पश्चिमका बिभिन्न जिल्लामा दिनहुँ प्रदर्शन भइरहेका छन् । संशोधनको विषयमा सत्तारुढ कांग्रेस र माओवादीभित्रै समेत असन्तुष्टी छ । यस्तो बेला मिलेरै अघि बढ्न दलहरुलाई दबाब बढ्दै गएको छ ।

प्रतिक्रिया