घुस रकमसहित पक्राउ परे नापीका १ कर्मचारी

घुस रकमसहित पक्राउ परे नापीका १ कर्मचारी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ मंसिर २०७३
  • 10.1K
    Shares

नापी शाखा कार्यालय बाराका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  नापी शाखा कार्यालय बाराका सर्वेक्षक राधेश्याम साहलाई मंगलबार दिउँसो कार्यालयबाटै घुससहित पक्रेको हो ।

आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट प्रहरी  टोलीले नापी शाखा कार्यालय बाराका एक सर्वेक्षक लाई सेवाग्राहीसँग घुस बापत लिएको पाँच हजार रुपैयाँसहित पक्रेको वताइएको छ ।

सर्वेक्षक जग्गाको नक्सांकनका लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरिएको प्रहरीले  बताए ।

प्रतिक्रिया