इराकमा मोसुल बाँध फुट्ने खतरा, १५ लाख मानिस जोखिममा

इराकमा मोसुल बाँध फुट्ने खतरा, १५ लाख मानिस जोखिममा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ फाल्गुन २०७२
  • 15.4K
    Shares

इराकको बगदादमा रहेको अमेरिकी दूतावासले मोसुल बाँध फुट्ने खतरा रहेको जनाएको छ । मोसुल बाँध फुटेमा लाखौं मानिस बाढीको चपेटामा पर्ने अमेरिकी दूतावासले चेतावनी दिएको छ । सन् २०१४ बाट इस्लामिक स्टेटको नियन्त्रणमा रहेसँगै बाँधको मर्मत गरिएको छैन ।  दूतावासका अनुसार बाँध भत्किएको खण्डमा आएको बाढीका कारण तिगरिस नदिको छेउछाउ बस्ने १५ लाम मानिसको ज्यान जान सक्ने छ ।

अधिकारीहरुका अनुसार मोसुल तथा तिकरिकमा बसोबास गर्ने मानिसलाई सुरक्षि स्थानमा पुग्न ६ किलोमिटर टाढा जानुपर्ने हुन्छ ।

दूतावासले त्यस क्षेत्रमा बसोबास गर्ने इराकिलाई सुरक्षित स्थानमा सार्न सरकारलाई आग्रह गरेको छ । तर, प्रधानमन्त्री हैदर अल अबादीले दूतावासले भनेजस्तो कुनै खतरा नरहेको दाबी गरेका छन् ।
बीबीसीबाट

प्रतिक्रिया