मीठा परिकार खाई रामजानकी विवाहपञ्चमी सम्पन्न

मीठा परिकार खाई रामजानकी विवाहपञ्चमी सम्पन्न


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० मंसिर २०७३
  • 8.6K
    Shares

रामजानकी विवाहपञ्चमीको अन्तिम दिन सोमबार रामकलेवा गरेर महोत्सव सम्पन्न भएको छ । पौराणिक परम्परा अनुसार रामकलेवामा अयोध्याबाट जन्तीको रुपमा आएका साधुशन्त र पाहुनाहरुलाई मीठा मीठा परिकार खुवाई बिदाई गर्ने गरिन्छ ।

सोमबार पनि विवाहपञ्चमी महोत्सवमा सहभागी भएका साधुसन्तलाई मीठा परिकार खुवाएर धोती, गम्छा र दानदक्षिणा दिएर बिदाई गरिएको छ ।
जानकी मन्दिरको प्रांगणमा हुने राम कलेवामा मिथिलाको पहिचान झल्किने सँस्कृति गीतनाद प्रस्तुत गरी हाँस्यव्यंग्य शैलीमा मनोरञ्जन प्रदान गरिएको छ । रामकलेवा हेर्नसमेत दर्शनार्थीको घुईंचो लागेको थियो ।

प्रतिक्रिया