अनेमसंघ नारायणी ब्युरो संयोजक मनु अछामि गिरफ्तार

अनेमसंघ नारायणी ब्युरो संयोजक मनु अछामि गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० मंसिर २०७३
  • 9K
    Shares

नेकपा (माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की नारायणी ब्युरो संयोजक मनु अछामिलाई प्रहरीले गिरफ्तार गरेको छ ।
 
यसअघि पक्राउ परेका माओवादी नेता कार्यकर्ताको रिहाईको माग गर्दै पूर्व घोषित कार्यक्रम अनुसार नै आज माओवादीले सिन्धुबन्द आह्वान गरेको छ । सोहि क्रममा प्रहरीले सोमबार बिहानै बिहान ९ बजे सिन्धुलीको कमलामाई नगरपालिका स्थित बसपार्कबाट अछामीलाई पक्राउ गरेको सो पार्टीले जनाएके छ ।
 
बन्दका कारण सो क्षेत्रका बजार पसर , शिक्षण संस्था , करकारखाना सबै ठप्प छने यस्तै सिन्धुली भित्रने ताथा बाहिरिने सवारी साधन पनि सन्चालन आएक छैनन् भने पूर्व पश्चिम राजमार्ग समेत ठप्प भएको छ ।
 
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण सिन्धुलिको जनजिवन बिहानैबाट प्रभावित भएको छ । तीन दिन अघि पत्रकार सम्मेलनका क्रममा आयोजना स्थलबाटै सिन्धुलीका पार्टी सेक्रेटरी राजु कार्कीलाई प्रहरीले पक्राउ गरेपछि माअ‍ेवादीले उहाको रिहाईको माग गर्दै आज सिन्धुली बन्द गरेको हो ।
 
प्रचण्ड सरकारले आफ्ना नेता कार्यकर्ता बिना कारण गिरफ्तार गरिरहेको भन्दै आफ्नो रबैया बन्द नगरे प्रतिकारमा उत्रने नेकपा (माओवादी) ले जनाएको छ । नेतृ अछामी लगाएत गिरफ्तार गरिएका सबै नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गण समेत उक्त पार्टीले माग गरेको छ ।

प्रतिक्रिया