जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने पक्राउ

जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १९ मंसिर २०७३
  • 8.4K
    Shares

प्रहरी चौकी झुत्की सप्तरी

जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सिराहाको गौरीपुर–५ बस्ने ५० वर्षीय नथुनी यादव र सप्तरीको प्रसवनी–७ घर भई हाल राजविराज–५ बस्ने ३० वर्षीय भवानीप्रसाद अरगरिया यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई शनिबार सप्तरीको मलेठ–५ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए। सो बम काण्डमा उनीहरुको संलग्नता रहेको पुष्टी भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक साता अगाडि जिल्ला प्रशासन कार्यालय अगाडि तीन लिटरको प्रेसर कुकर बम फेला परेको थियो । सो बम जयकृष्ण गोइत नेतृवको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको जनाएको थियो। रासस

प्रतिक्रिया