५ नम्बर प्रदेश टुक्र्याउँदा तराई–मधेसमा असन्तुष्टि

५ नम्बर प्रदेश टुक्र्याउँदा तराई–मधेसमा असन्तुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ मंसिर २०७३
  • 9.8K
    Shares

प्रदेश नम्बर ५ अन्तर्गतको तराई–मधेस र पहाड अलग्याउने गरी भएको संविधान संशोधन प्रस्तावले तराई–मधेसमा असन्तुष्टि छाएको छ ।

५ नम्बर प्रदेशका पहाडी जिल्लालाई अर्को प्रदेशमा गाभ्ने प्रस्तावले बर्दियामा मधेसी अगुवाले विरोध गरेका छन् ।  यो प्रस्तावले हिाल, पहाड र तराईबीचको सम्बन्ध तोड्न खोजिएको उनीहरुको भनाइ छ ।

स्थानीय मधेसी अगुवा समिम अन्सारीले पहाडलाई टुक्र्याउँदा समावेशी सिद्धान्तविपरीत हुने बताएको आजको नागरिकदैनिकमा समाचार छ ।  गुलरिया १२ का अगुवा महावीर गोडिया प्रस्ताव फिर्ता नभए मधेसी पनि आन्दोलनमा उत्रिने बताउँछन् ।

प्रदेश टुक्र्याउन खोजिएको भन्दै शुक्रबार युवा संघले गुलरियामा दुई घण्टा चक्काजमा गरेको थियो ।

प्रतिक्रिया