रोजगारीका लागि दुबई पुगेका २ नेपालीको मृत्यु

रोजगारीका लागि दुबई पुगेका २ नेपालीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ मंसिर २०७३
  • 9.1K
    Shares

रोजगारीका लागि दुबई पुगेका २ नेपालीको हृदयघातका कारण ज्यान गएको छ । रामपुर ४ रजघरा पाल्पाका २१ बर्षिय माधव प्रसाद गैरे र जल्पा ९ बर्मु पाल्पाकै  ३१ बर्षिय बिष्णु बहादुर थापाको हृदयाघातका कारण मृत्यु भएको हो ।

१५ महिना पहिले दुबई पुगेका गैरे युएईमा रहेको अमेरिकाना कम्पनीको केएफसी रेष्टुरेण्ट सारजाहमा कार्यरत थिए । सोमबार रातीको ड्युटी भएकाले दिनभर कोठामै सुतिरहेका गैरे साँझ ८ बजे सम्म नउठेपछि साथीहरुले कोठामै मृत अवस्थामा भेटेका हुन् ।
तत्काल प्रहरी बोलाएर शव कुवेती अस्पताल सारजाहमा लगिएको थियो । अस्पतालले पोस्टमार्टमपछि हृदयघातका कारण ज्यान गएको बताएको पाल्पाली समाज युएईका केन्द्रिय सदस्य खगेस्वर पाल्पालीले जानकारी दिए ।

यस्तै गत बिहीबार जल्पा ९ बर्मु पाल्पाका ३१ बर्षिय बिष्णु बहादुर थापाको पनि हृदयाघातकै कारण ज्यान गएको थियो । उनको शव बुधबार नेपाल ल्याइदै छ । गत हप्ता मात्र पाल्पाका दुई जनाले युएईमा हृदयघातका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया