संसद बैठक अवरुद्ध गर्ने एमालेको निर्णय

संसद बैठक अवरुद्ध गर्ने एमालेको निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १५ मंसिर २०७३
  • 9.5K
    Shares

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्ने भएको छ ।

एमाले संसदीय दलको बैठकले संसद चल्न नदिने निर्णय गरेको हो । बैठकले राजधानी छाडेर बाहिर नजान पनि सांसदहरुलाई भनेको छ ।

बैठकले सडक र सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्ने एमालेले जनाएको छ । एमालेले कसैको प्रायोजन र निर्देशनमा संशोधन प्रस्ताव आएको भन्दै प्रस्तावको विरोध गरिसकेको छ ।
संसदीय दलको बैठकपछि एमालेले स्थायी समितिको बैठक बोलाएको छ।

प्रतिक्रिया