उर्जा मन्त्री जनार्दन शर्माले अब उपत्यकाबासीले लोडसेडिङ तालिका देख्नु नपर्ने बताएका छन्।
उपत्यकाभित्र लोडसेडिङअन्त्य गर्दै देशैभर यस अभियानलाई सञ्चालन दिने तयारीका साथै बिद्युत उत्पादनको सुरुवातका साथै सम्भाव्य क्षेत्रको पहिचान गरि काम गर्न सके नेपालले लोडसेडिठ्ठको अन्त्य गर्न सकिने उनले बताए ।
मन्त्री शर्माले राष्ट्र समृद्ध बनाउन उर्जा क्षेत्रको बिकास अनिवार्य रहेको र सानो लोडसेडिङले हरेक क्षेत्रमा देखिएको परिवर्तनलाई आत्मसाथ गरि अब उर्जा क्षेत्रको बिकासमा हरेक क्षेत्र लाग्नु पर्नेमा जोड दिए ।
स्थानिय तहको निर्वाचन अब कसैले चाहेर पनि रोक्न नसक्ने भन्दै यदि निर्वाचन रोकिए राजनीतिक संकट देखा पर्नुका साथै नेपाल र नेपालीले पाएको उपलब्धिहरु समेत संकटमा पर्ने उनको टिप्पणी छ ।
संबिधान संशोधनको गरि सर्वस्वीकार्य बनाउने अभियमानमा वर्तमान सरकार लागि परेको र यसका लागि प्रधानमन्त्रीले प्रतिपक्षसँग निरन्तर छलफलमा लागिरहको भन्दै प्रतिपक्षले समेत संबिधान संशोधनमा आफ्नो भूमिका प्रदर्शन गर्दै निकास तर्फ अग्रसर हुुनु पर्नेमा उनले जोडदिए ।
उनले एमालेले समेत राजनीतिक हठ त्यागी संबिधान संशोधनमा आउनु पर्ने र सहमतीय राजनीतिलाई निरन्तरता दिँदै संबिधान कार्यान्वयनको पाटोलाई सघाउनु पर्नेमा जोड दिए ।