जलेश्वर कारागारमा झडप, १० जना घाइते

जलेश्वर कारागारमा झडप, १० जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ मंसिर २०७३
  • 11.4K
    Shares

महोत्तरी र धनुषा जिल्लाको संयुक्त कारागार जलेश्वर कारागारमा आज बिहान दुई समूहबीच झडप हुँदा दशभन्दा बढी कैदीबन्दी घाइते भएका छन् ।

झडपमा आठ जना गम्भीर र चार जना सामान्य घाइते रहेको जेलर शोभेन्द्र ठाकुरले बताए । गम्भीर घाइते सबैलाई उपचारका लागि जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लगिएको छ ।  आज बिहान ११ बजेतिर कैदीबन्दीका दुई समूहमा दाउरा र फलामको डन्डीले दोहोरो हानाहान भएको चौकीदार श्रीनारायण महतोले बताए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षक रवीन्द्र खनालको नेतृत्वमा गएको ५० जना प्रहरीको टोलीले कारागारभित्र पसी झडप नियन्त्रणमा लिएको थियो ।  यसबारे अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

प्रतिक्रिया